Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

विवादास्पद व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसको आपत्ति


नया सडक

२०८०, फागुन ३० बुधबार

  • 444
    Shares

  • विवादास्पद व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसको आपत्ति

     

    काठमाडौ । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषद्मा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गर्नुभएको आरोप लगाउनुभयो ।    

     

    उहाँले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उहाँका परिवारका सदस्य सुन तस्करीमा संलग्न भएको देखिएको अवस्थामा कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     

    सचेतक थिङले उपरोक्त सबै विषयमा राम्ररी छलफल नगरी सदन प्रभावकारी रुपमा सञ्चालन हुन नसक्ने बताउनुभयो ।  रासस

     

    प्रतिक्रिया दिनुहोस