Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

जानकारी बिना गठबन्धन भत्काएकामा एकीकृत समाजवादीको असन्तुष्टि


नया सडक

२०८०, फागुन ३० बुधबार

  • 486
    Shares

  • जानकारी बिना गठबन्धन भत्काएकामा एकीकृत समाजवादीको असन्तुष्टि

     

    काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि विद्रोह गरेर जन्मिएको आफ्नो पार्टीलाई थाहै नदिई गठबन्धन भत्काइकामा असन्तुष्टि प्रकट गर्नुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।

     

    नेता पाण्डेले कामका लागि दैनिक सयौँ युवा विदेसिनुपर्ने बाध्यता रहेको र प्रभावकारी रुपमा सार्वजनिक सेवा प्रवाह हुन नसकेको उल्लेख गर्दै बेरोजगारी बढ्दा जनतामा निराशा बढेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     

    संसद्बाटै बनेको कानुनका कारण मुलुकभरका नर्सिङ र मेडिकल कलेज बन्द हुने अवस्थामा रहेको उल्लेख गर्दै विद्यार्थी अध्ययनका लागि विदेसिनु परेको बताउनुभयो । उहाँले जनताका कामका लागि बजेटमा सांसदको भूमिका बढाउन सरकारलाई सुझाव दिनुभयो । साथै उहाँले प्रधानमन्त्री दाहाललाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराउनुभयो ।  रासस

    प्रतिक्रिया दिनुहोस