Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः अध्यक्ष लिङ्देन


नया सडक

२०८०, फागुन ३० बुधबार

  • 549
    Shares

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः अध्यक्ष लिङ्देन

     

    काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताउनुभएको छ ।

     

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उहाँले सरकार बनाउने र  ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताउनुभएको हो ।

     

    “यसअघि छोटो समय सरकारको सहकार्यमा गएका थियौँ तर हामी बाहिरियौँ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “हामीलाई सरकार चलाउने अवसर पनि मिलेको छैन ।”

     

    उहाँले वर्तमान सरकारलाई राम्रो काम गर्न शुभकामना पनि दिनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस