काठमाडौँ । आज नेप्से परिसूचक २ दशमलव ४८ अङ्कले घटेर २१०८.७२ विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज ४ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन १३ मध्ये ६ वटा समूहका सूचक बढेको छ । यस दिन ३१० कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज २५ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र हिमालयन रिइन्सुरेन्स परेका छन् ।