Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मुलुक र जनताको हितमा सबै गम्भीर हुनुपर्छः अध्यक्ष राउत


नया सडक

२०८०, फागुन ३० बुधबार

  • 525
    Shares

  • मुलुक र जनताको हितमा सबै गम्भीर हुनुपर्छः अध्यक्ष राउत

    काठमाडौँ ।  जनमत पार्टीका अध्यक्ष एवं सांसद डा चन्द्रकान्त सिके राउतले जनआकाङ्क्षा अनुरुप मुलुकमा आर्थिक सुशासनसहितको विकास र समृद्धिलाई साकार पार्न सरकार र राजनीतिक दल गम्भीर हुनुपर्ने बताउनुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारको फेरबदलले जनताका समस्या सम्बोधन गर्न नसक्ने दाबी गर्दै देश र जनताको हितमा प्रभावकारी काम गर्न सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

         अध्यक्ष राउतले पटक(पटक गठबन्धन बन्ने र भत्कने अवस्थाले जनतालाई फाइदा नपुग्ने बताउनुभयो । जनताले राजनीतिक दल र नेताहरुलाई दिएको विश्वासको मत बचाउन कठिन भइरहेको अवस्थामा राजनीतिक प्रणालीमाथिको जनविश्वास अभिवृद्धि गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो । 

    अध्यक्ष राउतले भन्नुभयो, “हामी राजनीतिक कारणले वर्तमान गठबन्धन सरकारलाई समर्थन गर्न सक्दैनौँ तर सफलताको शुभकामना भने दिन्छौँ ।”

    प्रतिक्रिया दिनुहोस