Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर


नया सडक

२०८०, फागुन ३० बुधबार

  • 660
    Shares

  • तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ । 

    मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४÷७५, आर्थिक वर्ष २०७५÷७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६÷७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी रु ५१  हजार सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाइ बुझिलिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

    आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड ९ग० बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस