Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राष्ट्रियसभामा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन


नया सडक

२०८०, फागुन ३० बुधबार

  • 564
    Shares

  • राष्ट्रियसभामा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन

     

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गर्नुभएको छ । 

     

    राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभाका सदस्य गङ्गाकुमारी बेलवासे, जयन्तीदेवी राई, तुलसाकुमारी दहाल, पूजा चौधरी र विष्णुदेवी पुडासैनीलाई मनोनित गर्नुभएको हो । मनोनित सदस्यहरुलाई सभाका सदस्यहरुले सहमति दिनुभएको थियो । 

     

    अध्यक्ष दाहालले विषयगत समितिमा रहनुहुने सदस्यहरुको नाम हेरफेर तथा मनोनयन समेत गर्नुभएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम राष्ट्रियसभाका विषयगत समितिहरुमा रहनुहुने सदस्यको नाम मनोनयन गर्नुभएको हो ।

     

    दिगो विकास तथा सुशासन समितिमा सांसद कमला देवी पन्त, कृष्णप्रसाद पौडेल, घनश्याम रिजाल, जीतजङ्ग बस्नेत, झक्कुप्रसाद सुवेदी, तुलप्रसाद विश्वकर्मा, नारायणदत्त भट्ट, पूजा चौधरी, बामदेव गौतम, भुवनबहादुर सुनार, मनरुपा शर्मा, विमला घिमिरे, विष्णुबहादुर विश्वकर्मा, शारदादेवी भट्ट र सावित्री मल्ल रहनुभएको छ । 

     

    विधायन व्यवस्थापन समितिमा आनन्दप्रसाद ढुङ्गाना, कृष्णप्रसाद सिटौला, गङ्गाकुमारी बेलवासे, जयन्तीदेवी राई, तारामान स्वार, तुलसाकुमारी दहाल, देवेन्द्र दाहाल, नारायणदत्त मिश्र, डा वेदुराम भुसाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, राधेश्याम पासवान, विष्णुदेवी पुडासैनी र सुरेशकुमार आलेमगर रहनुभएको छ । 

     

    प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा गोपालकुमार बस्नेत, गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, बलदेव बोहोरा, नरबहादुर विष्ट, पदमबहादुर परियार, मदनकुमारी शाह गरिमा, मायाप्रसाद शर्मा, युवराज शर्मा, रेणु चन्द, रुक्मिणी कोइराला, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी रहनुभएको छ । 

     

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उदयबहादुर बोहरा, इन्दिरादेवी गौतम, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाय, गोपी बहादुर सार्की आछामी, जगप्रसाद शर्मा, जगतबहादुर पार्की, दुर्गाकुमारी गुरुङ, मोहम्मद खालिद, राजेन्द्र लक्ष्मी गैरे, विष्णुकुमारी सापकोटा, शेखरकुमार सिंह र सोनाम गेल्जेन शेर्पा रहनुभएको छ । 

     

    समितिका सदस्यलाई सभाका सदस्यहरुले सहमति दिनुभएको थियो । समितिका सभापतिको निर्वाचन आगामी चैत ४ गते तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक चैत २ गते ११ बजे बस्ने छ । 

    प्रतिक्रिया दिनुहोस