Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन ३० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन ३० बुधबार

  • 633
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन ३० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  फागुन ३० बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको छ। महाशाखाका अनुसार नीरज गिरी, डा. नवराज अधिकारी, कृष्णराज पोखरेल, चिरञ्जीवी चापागाईँ मुक्ति अर्याल, सिताराम थपलिया, बिमल तिवारी, प्रबिन पन्दाक, शिवराम श्रेष्ठ, कृष्ण बहादुर कार्की लगायत छन्। पाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी छन्।

    नेपाल धितोपत्र बोर्डका बहालवाला कार्यकारी निर्देशक डा।नवराज अधिकारी अर्का निवेदक छन्। धितोपत्र बोर्डका अध्यक्षका दाबेदारमा नेपाल धितोपत्र बोर्डकै बहालवाला कर्मचारी कृष्णराज पोखरेल छन्।अध्यक्ष पदका अर्का दाबेदार चिरञ्जीवी चापागाईँ छन्। नेपाल स्टक एक्सचेन्जमा कार्यरत प्रबिन पन्दाकले समेत निबेदन दिएकी छन्।नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराम श्रेष्ठले समेत निबेदन दिएका छन्।

    शेयर बजार : नेप्से परिसूचक २ दशमलव ४८  अङ्कले घट्यो , ४ अर्ब २४ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक २ दशमलव ४८  अङ्कले  घटेर २१०८.७२ विन्दुमा आएको छ  । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज ४ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन  १३ मध्ये ६ वटा समूहका सूचक बढेको छ । यस दिन ३१० कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज २५ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    वाणिज्य बैंकहरुको ब्याजदर घट्यो , एनआइसी एसिया बैंकको भने चै बढ्यो

    काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छ ।एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ । ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छ ।  विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएका छन् । यसका लागि लगानीकर्ता तथा ऋणीले सम्बन्धित बैंकको सूचना हेर्ने वा बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ । बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ। फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ।

    आज धितोपत्र बोर्ड अध्यक्षमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।फागुन २९ गतेसम्म बोर्ड अध्यक्ष पदका लागि चार जनाको आवेदन परेको छ । बीमा प्राधिकरणका पूर्व अध्यक्ष निरञ्जीवी चापागाई , नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक द्वय डा। नवराज अधिकारी र कृष्ण पोखरेलका साथै नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गनर्भर शिवराज श्रेष्ठले आवेदन दिएको जानकारी सिफारिस समितिले दिएको छ । बोर्डको अध्यक्षको आकांक्षीका रुपमा नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी , नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा। गोपाल भट्ट र बोर्डका कार्यकारी  निर्देशक मुक्ति श्रेष्ठ पनि रहेका छन् ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख ५५ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडेड २ लाख ५५ हजार ७४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    आवेदन कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा पेश गर्नुपर्ने भनाई कम्पनीको छ ।  बैंकले १३ जना संस्थापकहरूको नाममा रहेको यी शेयर विक्री गर्न  बताएको छ ।

    सान्जेन जलविद्युतको साधारण सभा चैत ५ गते

    काठमाडौं ।  सान्जेन जलविद्युत कम्पनी लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, कुण्डलिनी दरवार ब्यांकेट, चण्डोल, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ ।साधारण  सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभाले सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गरिसकेको छ ।

    आज नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तको शेयर कारोबार  रोक्का हुने

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आज रोक्का हुने भएको छ ।‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का गर्न लागिएको हो ।  नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुँदैछ ।दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख २५ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ  ।  आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १४ सय ६५ रुपैयाँ कायम भएको छ ।

    खेलकुद मन्त्रालयले एन्फालाई कारबाही गर्न निर्देशन

    काठमाडौँ ।  युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ । 

     

    राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो ।

    अरुण तेस्रो जलविद्युत्को ७० प्रतिशत काम सकियो

    किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।  

    आयोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खनिसकिएको सतलज जलविद्युत्  निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले राससलाई जानकारी दिनुभयो । बाँधस्थलबाट विद्युत् गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ ।

    तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ । 

    मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४÷७५, आर्थिक वर्ष २०७५÷७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६÷७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी रु ५१  हजार सामाजिक सुरक्षा भत्ता आफ्नो आमा नाता जनाइ बुझिलिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएकोले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

    प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत

    काठमाडौँ ।  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

     

    नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस गर्नुभएको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको हो । मतविभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो । 

     

    मतविभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी हुनुभयो । बैठकमा सभामुख देवराज घिमिरेले मतविभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

    एडीबीद्वारा बाढी नियन्त्रण तथा सिँचाइका लागि बङ्गलादेशलाई सात करोड सहयोग

    मनिला । एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशमा जलस्रोत व्यवस्थापन ( बाढी नियन्त्रण तथा सिँचाइ) का लागि सात करोड १० लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । 

    गोपालगञ्ज र मदारीपुर जिल्लाका ग्रामीण समुदायमा यस परियोजनाले जलवायु परिवर्तनको प्रभावका लागि उनीहरूको तयारी र लचिलोपनलाई बलियो बनाउने बैङ्कले एक प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

    विश्वव्यापी जलवायु परिवर्तन प्रभाव सूचकाङ्कको आधारमा बङ्गलादेश जलवायु जोखिमको  सातौं स्थानमा छ ।  बङ्गलादेशले चरम मौसमी समस्या र जलवायु घटनाहरूको  तीव्रताको सामना गरिरहेको बैङ्कले जनाएको छ ।

    जापानीे अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

    टोकियो । जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । 

    टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि इन्धनमा आगो सल्किएपछि विस्फोट भएको हो । 

    विस्फोट हुनु पहिले सुदूर पहाडी क्षेत्रमा सेतो धुवाँ निस्किएको थियो । उक्त रकेट केही सेकेन्ड भित्रमा नैै विस्फोट भई जमिनमा भीषण ज्वालासहित खसेको थियो ।

    नायब सुब्बा प्रमोद निरौला पक्राउ 

    काठमाण्डौ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित एक नासुलाई नियन्त्रणमा लिएको छ ।अख्तियारको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेको हो।

    केन्द्रीय प्रसारण लाइनको पर्खाइमा मामाङ्खे गाउँ

    फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ र ६ का गाउँ विद्युत्विहीन भएको दुई वर्ष भएको छ । विद्युतगृह पहिराले बगाएसँगै गाउँले अहिले अन्धकारमा बस्न बाध्य भएको हुन् ।

    विद्युत् उत्पादन गर्ने ठाउँ नै नभएसँगै अहिले केन्द्रीय प्रसारण लाइनको पर्खाइमा बस्न बाध्य भएको सिरिजङ्गा –६ स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक मानप्रसाद भट्टराईले बताउनुभयो । विद्यत्गृह पहिराले बगाएसँगै मामाङ्खे गाउँ विद्युतविहीन भएको हो ।  उहाँका अनुसार घरपरिवारले सोलर प्यानल खरिद गरेर प्रयोग गरिएका छन् भने आर्थिक अवस्था कमजोर परिवार भने सोलारसमेत खरिद गर्ने अवस्था नभएकाले अँध्यारोमा बस्न बाध्य भएका छन् । केही घरपरिवारले भने मट्टितेल प्रयोग गरेर टुकीको प्रयोग गरेको शिक्षक भट्टराईलले बताउनुभयो ।

    सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति

    काठमाडौँ ।गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच उक्त सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले  जानकारी दिनुभयो । 

     

     
     

     

     
     
     
     
     

     

     
     
     

     

     
     
     
     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस