Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व


नया सडक

२०८०, चैत १ बिहीबार

  • 558
    Shares

  • ८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व

    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना सम्ममा सरकारी वित्त घाटामा रहेको छ । यो अवधिसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै भएकाले कुल सरकारी वित्त घाटामा रहेको विश्लेषण गरिएको हो । फागुनसम्ममा सरकारले कुल ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि लिइएको राजस्व लक्ष्य अहिलेसम्ममा ४४.९२ प्रतिशत उठेको हो ।फागुनसम्ममा सरकारको अन्य आम्दानीसहित कुल आम्दानी ६ खर्ब ६३ अर्ब रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको खर्च भने ८ खर्ब १ अर्ब भएको छ । चालु आर्थिक वर्षमा सरकारले लिएको कुल खर्च लक्ष्यमध्ये अहिलेसम्मको खर्च ४५।७७ प्रतिशत हो । यो अवधिमा कुल वार्षिक लक्ष्यको २६.८९ प्रतिशत पुँजीगत खर्च भएको छ भने ५०.९८ प्रतिशत चालुगत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्ष कुल ३ खर्ब २ अर्ब पुँजीगत खर्चको लक्ष्य लिएको छ भने चालु खर्च ११ खर्ब ४१ अर्बको अनुमान छ । 

    प्रतिक्रिया दिनुहोस