Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट


नया सडक

२०८०, चैत १ बिहीबार

  • 573
    Shares

  • उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट

     

    काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

     

    मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने तथा आपसी द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । भेटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नर्वेले गर्ने सहयोग अभिवृद्धिका सन्दर्भमा समेत कुराकानी गर्नुभएको थियो । 

     

    यसैगरी आजै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच हस्मी र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहैमेदले समेत शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा राजदूतद्वयले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।रासस

     

    प्रतिक्रिया दिनुहोस