काठमाडौं । डिप्रोक्स लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ । गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।
आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ ।