Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

 माथिल्लो मैलुङखोलाको शेयरको लकइन वैशाख २ गतेदेखि सकिने


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 564
    Shares

  •  माथिल्लो मैलुङखोलाको शेयरको लकइन वैशाख २ गतेदेखि सकिने

    काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको ७५ हजार कित्ता शेयरको लकइन वैशाख २ गतेदेखि सकिने भएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त शेयर कात्तिक ३ गतेदेखि लकइनमा रहेको थियो ।वैशाख २ गतेपछि सामूहिक लगानीकोषको स्वामित्वमा रहेका यी शेयर कारोबार गर्न योग्य हुनेछन् ।

    पछिल्लो समय नेपाल धितोपत्र बोर्डले सामूहिक लगानीकोषको स्वामित्वमा रहेको आईपीओ सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त शेयरको लइकन खुल्नुभन्दा एक महिनाअघि सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्था समेत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस