Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सहकारीपीडितको माग सम्बोधन गर्न सांसद पौडेलको ध्यानाकर्षण


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 696
    Shares

  • सहकारीपीडितको माग सम्बोधन गर्न सांसद पौडेलको ध्यानाकर्षण

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने बताउनुभएको छ ।
         
    प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आकस्मिक समयमा उहाँले प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकामा आपत्ति जनाउनुभयो । सांसद पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाइरहे पनि सरकारले नसुनेको जिकिर गर्नुभयो । 

    उहाँले भन्नुभयो, “आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो । उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन । उठेका सवालको जवाफ दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ ।”
         
    सांसद पौडेलले सहकारीपीडतको माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पौडेलले उठाउनुभएका विषयप्रति सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराउनुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस