Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

महरा र सिआइवी प्रमुख बज्राचार्यलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 768
    Shares

  • महरा र सिआइवी प्रमुख बज्राचार्यलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस

    काठमाडौं । सुन तस्करी सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोगले भेपमार्फत् भएको सुन तस्करीमा दोषी देखिएको भन्दै पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिश गरेको छ ।पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको समितिले महरालाई सुन तस्करीमा संलग्न रहेको भए पनि सिआइवीको छानबिनले उन्मुक्ति दिएको ठहर गरेको हो।

    बिहीबार प्रतिवेदन बुझेका गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन्। गत असोज १५ गते गठित आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी जाँचबुझ, २०८० गठन गरेको थियो। आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए।

    प्रतिक्रिया दिनुहोस