Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिकको मृत्यु


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 570
    Shares

  • सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिकको मृत्यु

     

    सल्लेरी । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

     

    प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उहाँको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान गएको हो । बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ । 

     

    हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको मृतकको शव कानुनी प्रक्रिया पूरा गरी शवपरीक्षण लागि काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस