काठमाडौँ । क्षेत्रपाटी निशुल्क अस्पताललाई गाडी हस्तान्तरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई निशुल्क उपचार गरिने यो अस्पतालमा चीन सरकारले अस्पताललाई दिएको विद्युत गाडी सहयोग गरेको हो ।
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहको प्रमुख आतिथ्यता , नेपालका लागि चिनियाँ राजदूत चेङ सोडको विशेष आतिथ्यता र डा. मनोजमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाडी हस्तान्तरण गरिएको हो । लिम्फोमा सपोर्ट ग्रुप इन्डियाका अध्यक्ष डा. शमिम खान लगायतको उपस्थितिमा सम्पन्न सो कार्यक्रम स्वागत मन्तव्य डा. सन्तोष मानन्धरले गरेका थिए ।