Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति, कार्यदल गठन 


नया सडक

२०८०, चैत ३ शनिबार

  • 615
    Shares

  • नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति, कार्यदल गठन 

    काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भएको छ ।
    शनिबार नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी एकता संयोजन समितिको बैठकले दुई पार्टीका बिचमा एकता गर्ने सहमति गरेको हो । एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ । साथै पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा(माओवादी केन्द्र) का तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा रहेका छन् । कार्यदलमा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।
    एकता संयोजन समितिको बैठक माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो । बैठकमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङको पनि सहभागीता रहेको थियो । नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादव सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस