Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन, अस्पताल पुगेर सभामुखद्वारा शोक प्रकट 


नया सडक

२०८०, चैत ४ आइतबार

  • 411
    Shares

  • प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन, अस्पताल पुगेर सभामुखद्वारा शोक प्रकट 

    काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको उपचारको क्रममा निधन भएको छ । काठमाडौंको सिभिल अस्पतालमा उपचारका लागि भर्ना भएकी शर्मा अन्सारी निधन भएको हो ।

    २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।

    जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको  निधन पछि उनको ठाउँमा शर्मा अन्सारीलाई चयन गरिएको थियो ।

    २०७९ फागुन १३ गते रहमानको निधन भएपछि  खाली भएको ठाउँमा उनी सांसद मनोनीत भएकी थिइन् । सांसद शर्मा अन्सारीको निधनको खबर पाएपछि सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस