Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख महारा विरुद्ध हुने कारबाही अगाडि बढाउन निर्देशन 


नया सडक

२०८०, चैत ४ आइतबार

  • 411
    Shares

  • माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख महारा विरुद्ध हुने कारबाही अगाडि बढाउन निर्देशन 

    काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध हुने कारबाही अगाडि बढाउन  गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

    गृहमन्त्री लामिछानेले आतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरा विरुद्ध हुने कारबाही गर्न निर्देशन दिएका हुन्  ।

    सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले  महराविरुद्ध  मुद्दा चलाउन सिफारिस गरे अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

    यस सम्बनधमा महरासँग यसअघि आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

    सोही स्रोतले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा पनि फिर्ता ल्याउने प्रक्रियामा उद्योगपति एवम् सांसद विनोद चौधरीसँग  पनि बयान निर्देशन दिइएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस