Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

गत आर्थिक वर्षको तुलनामा चालु वर्षको पहिलो आठ महिनामा विदेशिन श्रम स्वीकृति लिनेको संख्यामा कमी


नया सडक

२०८०, चैत ४ आइतबार

  • 468
    Shares

  • गत आर्थिक वर्षको तुलनामा चालु वर्षको पहिलो आठ महिनामा विदेशिन श्रम स्वीकृति लिनेको संख्यामा कमी

    काठमाडौं । तुलनात्मकरूपमा गत आर्थिक वर्षको तुलनामा चालु वर्षको पहिलो आठ महिनामा  विदेशिन श्रम स्वीकृति लिनेहरूको संख्यामा कमी देखिएको छ ।चालु आर्थिक वर्षको आठ महिनामा ४ लाख ७१ हजार २ सय १० जना नेपालीले श्रम स्वीकृति लिएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६९ हजार ४६५ जनाले घटी हो ।

    अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका रोजगारीका लागि थिए । पहिलो आठ महिनामा विदेश जानेहरूको संख्याका आधारमा हरेक दिने नेपालबाट झण्डै औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् ।फागुन महिनामा मात्र ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएको वैदेशिक विभागको तथ्यांकले देखाएको छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो । फागुनमा कामको खोजीमा विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् भने ५८ हजार ८९३ जना पुरुष रहेका छन् । अघिल्लो वर्ष फागुनमा मात्र ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।

    कामको सिलसिलामा सबैभन्दा धेरैको रोजाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा जाने रहेको छ । फागुनमा मात्र १८ हजार ७ सय ७ यूएईका लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।नेपाली श्रमिकहरू मध्ये धेरैको  दोस्रो रोजाई यूएई पछि साउदी अरब रहेको छ ।साउदी अरबको लागि १३ हजार २ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् ।  कतारको लागि ११ हजार ३ सय ९० जनाले श्रम स्वीकृती लिएका छन् ।अघिल्लो वर्षसम्म पहिलो रोजाइमा पर्ने गरेको मलेसियालाई   नेपालीहरुले कम रोजेको देखिएको छ । फागुनमा मलेसियाको लागि ८ हजार ४ सय १७ जनाले श्रम स्वीकृति लिएका छन् ।

     

     

     

    प्रतिक्रिया दिनुहोस