Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

वसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ


नया सडक

२०८०, चैत ४ आइतबार

  • 462
    Shares

  • वसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ

     

    काठमाडौँ । वसन्तपुरमा आज बिहान होलीको ‘चीर’ ठड्याएर फागुपूर्णिमा (होली)को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चीर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ ।
     
    स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चीरको पूजा गरी होलीको प्रारम्भ भएको बताउनुभयो । यसै दिनदेखि काठमाडौँवासीहरु चीरको पूजा गरी आशीर्वाद लिने चलन छ । 
     
    तन्डुकारका अनुसार चीरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । “चीरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ”, उहाँ भन्नुहुन्छ, “यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।”  होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।रासस

     

    प्रतिक्रिया दिनुहोस