Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

आज सत्ता गठबन्धनको साझा संकल्प सार्वजनिक हुने


नया सडक

२०८०, चैत ५ सोमबार

  • 708
    Shares

  • आज सत्ता गठबन्धनको साझा संकल्प सार्वजनिक हुने

    काठमाडौं । सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ आज सार्वजनिक गरिने भएको छ । सत्ता गठबन्धनले गठन गरेको १० सदस्यीय कार्यदलले सरकारका नीतिगत प्राथमिकता र साझा संकल्पमा १३ विषयलाई प्रमुखता साथ समेटेको बताइएको छ, जसमा आर्थिक शिथिलता अन्त्य र वित्तीय संस्थालाई विसंगती मुक्त बनाउने कुरालाई मुख्य जोड दिइएको छ ।

    कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा। स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस