Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

दश करोडको लागतमा नगर भवन निर्माण हुँदै


नया सडक

२०८०, चैत ५ सोमबार

  • 390
    Shares

  • दश करोडको लागतमा नगर भवन निर्माण हुँदै

    महोत्तरी ।  दश करोडको लागतमा महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । भङ्गाहा–५ सीतापुरस्थित १० कट्ठा १९ धुर जग्गामा आइतबार प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत्सिंह भण्डारीले शिलान्यास गर्नुभयो ।

    कूल रु १० करोड ९१ लख ४२ हजार ६२३ को लागतमा प्रशासकीय भवन निर्माण गरिने  नगर कार्यपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले बताउनुभयो । भवन निर्माणका लागि नगरप्रमुख सञ्जिवकुमार साहकी माता फूलकुमारी साहले करिब रु दुई करोड मूल्य बराबरको जग्गा दान गर्नुभएको हो । 

    शिलान्यासपछि पूर्वमन्त्री भण्डारीले जग्गादाता फूलकुमारी र उहाँका पति अशेश्वर साहलाई  दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

    हालको कार्यालय भवन नगरप्रमुख सञ्जिवकुमार साहको निजी हो । यो भवन कार्यालय सञ्चालनका लागि नगरप्रमुख साहले दुई वर्षअघि निःशुल्क उपलब्ध गराउनुभएको हो । नयाँ भवन निर्माण नभएसम्म कार्यालय सञ्चालनका लागि उक्त भवन निःशुल्क उपलब्ध गराइरहने नगरप्रमुख साहले आफ्नो पुरानो प्रतिबद्धता दोहो¥याउनुभएको छ । नयाँ भवन  दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।रासस

    प्रतिक्रिया दिनुहोस