Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान


नया सडक

२०८०, चैत ५ सोमबार

  • 489
    Shares

  • रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

    गुल्मी ।  रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । 

    रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताउनुभयो । “यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ”, उहाँले भन्नुभयो । 

    नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार विहान काठमाडौँ-रेसुङ्गा(काठमाडौँ उडान गर्दै आएको छ । काठमाडौँ(रेसुङ्गा लागि रु सात हजार दुई सय ८० र रेसुङ्गा(काठमाडौँ रुटका रु सात हजार ८० भाडादर निर्धारण गरिएको छ । रेसुङ्गा बिमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्छ । 

    प्रतिक्रिया दिनुहोस