Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन , दिपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मा


नया सडक

२०८०, चैत ५ सोमबार

  • 387
    Shares

  • गण्डकी प्रदेशको   मन्त्रिपरिषद् पुनर्गठन , दिपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मा

    काठमाडौं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।आफू पार्टी त्यागेर स्वतन्त्र भएको दाबी गरेका दिपक मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मा दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

    images

     एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दीपक मनाङेले दाबी गरेका  हुन् ।

    यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे थप जिम्मेवारी दिइएको छ ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखकाे कार्यालयमा पठाइसकेकोले आज 
    नवनियुक्त मन्त्रीको शपथ  राखिएको छ ।

    यसअघि भाैतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले उनीहरूलाई बर्खास्त गरेका थिए । त्यसकाे भाेलिपल्ट माओवादीले सरकारबाट समर्थन फिर्ता लिएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस