Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सर्वोच्च अदालत परिसर भित्रबाट दुर्गा प्रसाइँका अंगरक्षक हतियारसहित पक्राउ


नया सडक

२०८०, चैत ५ सोमबार

  • 588
    Shares

  • सर्वोच्च अदालत परिसर भित्रबाट  दुर्गा प्रसाइँका अंगरक्षक हतियारसहित पक्राउ

    काठमाडौं । प्रहरीले  सर्वोच्च अदालत परिसर भित्र हतियार लिएर गएका व्यक्तिलाई  पक्राउ गरेको छ ।

    सोमबार दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई पक्राउ गरिएको हो ।

    नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले जानकारी  सार्वजनिक गरे अनुसार पक्राउ परेका व्यक्ति खड्का अभियन्ता भनेर हाल चिनिएका दुर्गा प्रसाईका सुरक्षा गार्ड हुन् ।

    सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको बेला उनी सर्वोच्च भित्र हतियार लिएर प्रवेश गरेका हुन् । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस