Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवक्र्स’ स्थानान्तरणको तयारी


नया सडक

२०८०, चैत ५ सोमबार

  • 597
    Shares

  • मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवक्र्स’ स्थानान्तरणको तयारी
    फाइल फोटो

     

    काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सरकारले सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवक्र्स’ नै स्थानान्तरण गर्ने भएको छ ।

     

    वर्षायाममा आउने बाढीबाट आयोजनाको ‘हेडवक्र्स’ जोगाउन मुस्किल हुने भएपछि आयोजना नै बन्द हुने अहिलेको समस्या समाधानका लागि हेडवक्र्स स्थानान्तरण आवश्यक भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ । हाल सोही समस्याका कारण आयोजना हिउँदमा सञ्चालन हुने र  वर्षामा बन्द गर्नुपर्ने अवस्था छ । 

     

    समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा पानी वितरण गर्न हेडवक्र्स नै स्थानान्तरणको विकल्प नभएको बताउनुभयो । “मेलम्ची आयोजनालाई स्थायी नबनाएसम्म सम्भावित मौसमजन्य विपत्तिको घटनाबाट बचाउन वर्षा सुरुवात भएसँगै बन्द गर्नुपर्ने अवस्था रहन्छ”, उहाँले भन्नुभयो, “यसकारण हामीले कुन स्थानमा आयोजनाको हेडवक्र्स सार्नुपर्न उपयुक्त हुन्छ रु लागत कति लाग्छ रु भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ । अध्ययनका लागि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई जिम्मा दिएका छौँ ।”

     

    उहाँले अध्ययन प्रतिवेदनका आधारमा अनुमानित लागत निकाल्ने र आवश्यक स्रोत व्यवस्थापन गर्नका लागि पहल गरिने बताउनुभयो । “एसियाली विकास बैंक ९एडिबी०ले गरेको अध्ययन प्रतिवेदनमा पनि ‘हेडवक्र्स’लाई स्थानान्तरण गर्नुपर्ने उल्लेख छ । अझै हामी थप अध्ययन गरिरहेका छौँ”, अन्सारीले थप्नुभयो, “अध्ययन प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढाइनेछ ।”

     

    उहाँले आयोजना निर्माणका क्रममा विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउदै आयोजनालाई स्थायित्व दिन छलफल चलिरहेको बताउनुभयो । आयोजना स्थायी भएपछि वर्षायामसँगै मेलम्ची आयोजना बन्द गर्नुपर्ने बाध्यताको पनि अन्त्य हुने उहाँको भनाइ छ । 

     

    मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद  पनि पन्तले विभिन्न अध्ययनबाट अब हेडवक्र्सको संरचना निर्माणस्थल नै सारेर त्यसभन्दा माथि सुरक्षित स्थानमा लैजान आवश्यक देखिएको बताउनुभयो । “अध्ययनमा पनि आयोजनाको हेडवक्र्स अहिलेको भन्दा माथि बनाउन उचित हुने देखाएको छ । यससम्बन्धी कार्ययोजना बनाएर काम गर्न अझै करिब दुई वर्ष लाग्ने देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले ठूलो पानी परेपछि हेडवक्र्सको माथिल्लो भागबाट लेदो माटो बग्ने समस्या आउँछ । पहिरोको जोखिम पनि उत्तिकै भएकाले आयोजनालाई जोगाउन बर्खामा बन्द गर्नुपर्ने बाध्यता छ ।”

     

    गत साउन २८ र २९ गते आएको बाढीका कारण पहिलेको अस्थायी संरचनामा क्षति हुँदा मेलम्चीको पानी नै बन्द गर्नुपरेको थियो । “हेडवक्र्स बनाउन दुई सय १० मिटरको सानो सुरुङ बनाएका थियौँ, दुई वर्ष अगाडिको घटनापछि त्यही सानो सुरुङ प्रयोग गरेर अस्थायी संरचनामार्फत पानी मुख्य सुरुङमा पठाउने गरिएको थियो,” पन्तले भन्नुभयो, “तर गत साउनको बाढीका कारण अस्थायी संचनामा फेरि समस्या आयो, अनि आयोजना स्थायी बनाउन हेडवक्र्स अन्यत्रै बनाउनुको विकल्प छैन ।”

     

    उहाँले हेडवक्र्स स्थानान्तरण नगर्ने हो भने पटक–पटक आयोजनामा समस्या आउनसक्ने र उपभोक्ताहरु खानेपानीको पहुँचबाट टाढा रहनुपर्नेमा बताउनुभयो । वर्षायाममा आयोजना बन्द नगर्दा अर्बौको लागतमा तयार आयोजनामा क्षति पुग्ने भन्दै अन्सारीले हाल हिउँदमा मात्रै आयोजना सञ्चालन गरिएको बताउनुभयो । “हामीले वर्षायाममा पनि खानेपानी ल्याउने हो भने स्थायी संरचना बनाउनुको विकल्प छैन, यस विषयमा हामी छलफलमै छौँ”, उहाँले भन्नुभयो ।

     

    उपत्यकामा बढ्दो जनसङ्ख्याको चापसँगै खानेपानीको मागअनुसार आपूर्ति व्यवस्थापन सहज हुन सकिरहेको छैन । हाल मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति भइरहेको छ । आयोजनाले आगामी दिनमा दैनिक ३४ करोड लिटर पानी आपूर्ति गर्ने लक्ष्य लिएको छ । 

     

    भूगर्भविद्ले मेलम्चीको भौगर्भिक अवस्थाबारेमा राम्रो अध्ययन नहुँदा मेलम्ची आयोजनामा समस्या भएको बताउँदै आएका छन् । भूगर्भविद् डा सुवोध ढकालले आयोजना निर्माणअघि भू(गर्भको अध्ययन राम्रो नहुँदा आयोजनामा समस्या आइरहेको बताउनुभयो । 

     

    “आयोजना क्षेत्रको मात्रै अध्ययन गरेर हुँदैन, तल्लो र माथिल्लो तटीय क्षेत्रको पनि अध्ययन जरुरी छ, पहिरोको सम्भवना कतिको छ रु विगतमा के थियो रु भन्ने विषयमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “फेरि पनि लापारबाही भयो भने हेडवक्र्स स्थानान्तरण गर्दैमा आयोजना सुरक्षित हुने छैन ।”रासस

     

    प्रतिक्रिया दिनुहोस