काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका प्लाटिनम कलेजका सञ्चालक समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् ।
गुरुङलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी सार्वजनिक गरे अनुसार प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका पुनका सल्लाहकार गुरुङलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको र जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।