Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते


नया सडक

२०८०, चैत ५ सोमबार

  • 666
    Shares

  • बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते

    बलेवा । बागलुङको निसीखोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ सिपमा दुर्घटना भएको हो । 
     
     बस मध्यपहाडी लोकमार्गबाट एक सय ५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो । घटनामा घाइतेको उद्धारको काम चलिरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको घटनास्थलमा पुग्नुभएका प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।रासस

    प्रतिक्रिया दिनुहोस