Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  चैत ५ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..


नया सडक

२०८०, चैत ५ सोमबार

  • 684
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  चैत ५ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू..

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  चैत ५ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा चैत २७ गते ,  लाभांश वितरण  प्रस्ताव पारित गर्ने

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औँ वार्षिक साधारण सभा चैत २७ गते आयोजना गरेको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग क्याटरिङ्ग कालिकास्थान डिल्लीबजार काठमाडौँमा बिहान १० बजे बोलाएको हो ।

    सभाले  ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सञ्चालक समितिका संस्थापक शेयरधनीहरुको समूहबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालक मध्ये कम्पनीको नियमावली अनुसार वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पि।एल।सी बाट स्वतः मनोनयन हुने १ जना सञ्चालकको जानकारी गराई बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

    निसीखोला  बस दुर्घटना अपडेट :  सातको मृत्यु, २० जना घाइते

    ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

    बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

    सर्वोत्तम सिमेन्टको आइपीओ नेप्सेमा सूचीकृत

    काठमाडौं । बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर नेप्सेमा सूचीकरण भएको छ । सोमबार यसको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकरण भएको हो । अब मंगलबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ०८ पैसाभित्र रहेर हुनेछ ।

    शेयर बजार : नेप्से ३.२७ बिन्दुले उक्लिएर २०७३.५३ बिन्दुमा , २ अर्ब ८८ करोड  बढीको कारोबार

    काठमाडौँ । आज सोमबार नेप्से ३.२७ ले उक्लिएर २०७३.५३ बिन्दुमा पुगेको छ । आइतबार १०.६३ले ओरालिएको नेप्से सोमबार केही बिन्दुउक्लिएको हो ।

    सोमबार २ अर्ब ८८ करोड  बढीको कारोबार भयो । सो रकम बराबरको कारोबर हुन विभिन्न समूहका ७ लाख  ४५ हजार कित्ता सेयरको बिक्री भएको सेयर बजारले जनाएको छ ।

    यसअघि  आइतबार  नेप्से नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेको थियो ।  ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।   
    हिजो  ३०४ कम्पनीको ८४ लाख ६ हजार कित्ता सेयर कारोबार भएको थियो ।

    प्रतिनिधिसभाः सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ ।

        

    आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिनुभयो । महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिनुभएकाले उहाँ पदमा रहन उपयुक्त नहुने थापाको भनाइ थियो ।

    झ्यामोलोङ्गमा हाइड्रोपावरको साधारण सभा चैत २४ गते , आइपीओ निष्कासन गर्ने

    काठमाडौं ।  झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा चैत २४ गते पोखरा-७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

    सानिमा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला 

    काठमाडौं ।  सानिमा बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ ।यसमा आजदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ३.३३ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ३.३३ विन्दुले बढेको छ । यससँगै सूचक २०७३.५९ अंकमा आएको छ । १२ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको ३३ हजार २ सय ८२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४४ वटा कारोबार भएको हो ।

    सपोर्ट लघुवित्तको साधारण सभा चैत १७ गते

    काठमाडौं । सपोर्ट लघुवित्तले चैत १७ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । पुस २७ गते बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो ।

    नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबीआई मर्चेन्ट

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । एक कार्यक्रमकाबीच नेरुडे मिर्मिरे लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र एसबिआई मर्चेन्टको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौतासँगै चैत ४ गतेदेखि नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबीआई मर्चेन्ट बैंकिङमार्फत हुनेछ ।

    नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने

    काठमाडौं  । नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।मंगलबार चैत ६ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ वैशाख ४ गते परिपक्व हुनेछ ।  १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ असोज १ गते परिपक्व हुनेछ ।  १ वर्षको लागि ९ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ चैत ४ गते परिपक्व हुनेछ ।

    चेम्बरद्वारा अर्थमन्त्री पुनलाई  अर्थतन्त्र सुधारसम्बन्धी १७ बुँदे  सुझाव हस्तान्तरण

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुन समक्ष १७ वु“दे सुझाव प्रस्तुत गरेको छ । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन पु“जीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रर्वद्धन लगायतका विषयमा चेम्बरले अर्थमन्त्री पुन समक्ष सो सुझाव  पेश गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई चेम्बरका तर्फबाट १७ वु“दे सुझाव पेश गरिएको चेम्बरले जनाएको छ । 
    नेपालमा आयात हुने वस्तुहरुको भन्सार प्रयोजनका लागि सन्र्दभ मुल्यलाई खारेज गरी कारोबार मुल्यलाई मान्यता दिन पनि चेम्बरले आग्रह गरेको छ । यस्तै नेपाली वस्तुको निर्यात प्रर्वद्धन गर्नका लागि भन्सार नाकाहरुमा उच्चस्तरीय क्वारेन्टिन ल्याव स्थापना गर्न पनि आग्रह गरिएको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन प्रतितोला ५०० सय रुपैयाँले घटेर १ लाख २४ हजार ५०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख २३ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १५ सय २० रुपैयाँ कायम भएको छ ।

    उपनिर्वाचन :  २० दललाई निर्वाचन चिह्न प्रदान

    काठमाडौँ ।  निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका १९ दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको छ ।

     

    निर्वाचनमा राजनीतिक दलका रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४को नियम १५ मा भएको कानुनी व्यवस्था बमोजिम इलाममा  २० र १९ राजनीतिक दललाई दर्ता गरिएको छ ।रासस

    राजस्व अनुसन्धान विभागद्वारा  सन्दिप ट्रेडर्ससहित विभिन्न कम्पनी तथा व्यक्तिहरूउपर ७९ करोड सजाय मागदाबी सहित मुद्दा दायर  

    काठमाडौं ।   राजस्व अनुसन्धान विभागले सन्दिप ट्रेडर्ससहित विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई ७९ करोड सजाय मागदाबी सहित मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले आज सोमबार उच्च अदातल बुटवल र उच्च अदालत पाटनमा उक्त मुद्दा दायर गरेको हो ।

    सन्दिप ट्रेडर्सको कारोबारसम्बन्धी कागजातहरूको विवरण विश्लेषण गर्दा सो फर्मले २०७९/५/२७देखि २०८०/५/२१सम्म  फर्मको प्रविष्टि प्रणालीमा विवरण हेर्दा उक्त फर्मले ६ करोड ५४ लाख २२ हजार ६ सय ६० रुपैया बराबर  मालवस्तुको बिक्री र ६ लाख ४९ हजार ४सय बराबरको मालवस्तु खरिद गरेको देखियो ।

    एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत

    मनिला ।एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । 

     

    एडिबीका अनुसार श्रीलङ्काका साना तथा मझौला उद्योगहरूले ४५ प्रतिशत रोजगारी प्रदान गर्छन् र कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा ५२ प्रतिशत योगदान गर्छन् । “त्यसैले एसमई, विशेषरूपमा महिला नेतृत्वको उद्यमहरूलाई अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई कायम राख्न र प्रवर्द्धन गर्नका लागि आवश्यक सहयोग प्रदान गर्नु महत्त्वपूर्ण छ”, एडिबीले विज्ञप्तिमा भनेको छ ।

    उमेर पुगी बिहे गर्नेलाई रु ५० हजार

    महोत्तरी। महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । आज बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गर्नुभएको हो ।

    मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवक्र्स’ स्थानान्तरणको तयारी

    काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ । जसअनुसार सरकारले सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवक्र्स’ नै स्थानान्तरण गर्ने भएको छ ।

     

    वर्षायाममा आउने बाढीबाट आयोजनाको ‘हेडवक्र्स’ जोगाउन मुस्किल हुने भएपछि आयोजना नै बन्द हुने अहिलेको समस्या समाधानका लागि हेडवक्र्स स्थानान्तरण आवश्यक भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ । हाल सोही समस्याका कारण आयोजना हिउँदमा सञ्चालन हुने र  वर्षामा बन्द गर्नुपर्ने अवस्था छ ।

    प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध रु दुई लाख ३५ हजार आठ सय ९५, तत्कालिन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध रु ८६ हजार छ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिम विरुद्ध रु तीन लाख तीन हजार सात सय ९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    मनकामना केबलकार एक दिनका लागि बन्द हुने

    मुग्लिन । यहाँस्थित मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । 

     

    नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

     
     
     

     

     
     
     
     
     
     
     
     
     

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस