Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल र युरोयिन युनियनबीचको संयुक्त आयोगको १५औँ बैठक मङ्गलबार


नया सडक

२०८०, चैत ६ मंगलबार

  • 441
    Shares

  • नेपाल र युरोयिन युनियनबीचको संयुक्त आयोगको १५औँ बैठक मङ्गलबार

     

    काठमाडौँ । नेपाल र युरोपियन युनियन (इयू) बीचको संयुक्त आयोगको १५औँ बैठकआज  काठमाडौँमा बस्दैछ । बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ । दुवै पक्षले नेपाल र युरोपियन युनियनबीचको द्विपक्षीय सम्बन्धका साथै साझा हितका क्षेत्रीय तथा बहुपक्षीय मुद्दाहरूमा सहकार्यका समग्र पक्षहरूको समीक्षा गर्ने मन्त्रालयले जनाएको छ ।

     

    गत फागुन २३ गते नेपाल र युरोपियन युनियनबीचको विकास सहयोग उपसमितिको बैठक अर्थ मन्त्रालयमा बसेको थियो । बैठकमा नेपाल र युरोयियन युनियनबीच जारी विकास सहयोगका समग्र पक्षका बारेमा विचार आदानप्रदान भएको थियो । बैठकमा साझेदारीको स्तर अभिवृद्धि र विकास सहयोगको प्रभावकारिता बढाउनको लागि भावी कार्यदिशाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस