काठमाडौँ । आज नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घटेको छ । यस दिन ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये जम्मा ३ वटा समूहमात्र सकारात्मक भएको छ ।
यस दिन ३०७ कम्पनीको ९४ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ९७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र गोर्खाज फाइनान्स परेका छन् ।