Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटका  प्राथमिकतालाई निरन्तरता दिइनुपर्छ  : पूर्वअर्थमन्त्री कार्की


नया सडक

२०८०, चैत ६ मंगलबार

  • 537
    Shares

  • निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटका  प्राथमिकतालाई निरन्तरता दिइनुपर्छ  : पूर्वअर्थमन्त्री कार्की

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकतालाई स्वामित्व लिएर सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ ।
         
     उहाँले निवर्तमान अर्थमन्त्रीले पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले अर्थतन्त्रको विद्यमान अवस्थालाई वास्तविक चित्रण एवं  आगामी दिनमा तय गर्नुपर्ने बाटो अवलम्बन गरेको छ भन्नुभयो ।  ठूला पूर्वाधार आयोजना निर्माण तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयार पारिएको उल्लेख गर्नुहुँदै पूर्व अर्थमन्त्री कार्कीले अर्थतन्त्रलाई ठीक ढङ्गले अघि बढाउन सकिएन भने थप समस्यामा पर्ने बताउनुभयो ।
         
     अहिले सार्वजनिक ऋणको दायित्व भुक्तानी र सामाजिक सुरक्षामा ठूलो रकम खर्च भइरहेको उहाँले बताउनुभयो । पुँजी निर्माण र उत्पादन तथा उत्पादकत्व बढ्ने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिनुपर्ने उहाँको भनाइ छ । 
     प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो । उक्त विधेयक माथि संशोधन पेस गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा संशोधन पेस गर्न भनिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजे बस्नेछ ।रासस

    प्रतिक्रिया दिनुहोस