Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नेपाल राष्ट्र बैकद्वारा ७ अर्ब ६९ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गरिँदै


नया सडक

२०८०, चैत ७ बुधबार

  • 594
    Shares

  • नेपाल राष्ट्र बैकद्वारा  ७ अर्ब ६९ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गरिँदै

    काठमाडौं ।नेपाल राष्ट्र बैंकले  आन्तरिक ऋण उठाउने प्रयोजनका लागि ७ अर्ब ६९ करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकले  विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंक सूचना आह्वान गरी जनाएको हो ।

    ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने र   ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सकिनेछ । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा जनाएको छ ।

    राष्ट्र बैंककोऋणपत्रका लागि बिहीबार (चैत ८ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने र   चैत ९ गते (शुक्रबार) राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ‘विकास ऋणपत्र २०८६ ‘ड’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ । ऋणपत्रको अविध ०८६ चैत ९ मा सकिनेछ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने छ ।

    ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा छ ।

    प्रतिक्रिया दिनुहोस