Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रतिनिधिसभाः छानबिन समिति गठनको माग


नया सडक

२०८०, चैत ७ बुधबार

  • 621
    Shares

  • प्रतिनिधिसभाः छानबिन समिति गठनको माग

     

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गर्नुभएको छ ।

     

    बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गर्नुभयो । अप्ठयारो समयका लागि  भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उहाँले छानबिन समिति गठनको माग गर्नुभयो । 

     

    “सहकारीमा बचत गरेको पैसा हिनामिना गर्नेलाई कारबाही गरी पीडितको पैसा फिर्ता हुनुुपर्छ । सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिनुभएको छ”, सांसद न्यौपानेले भन्नुभयो, “सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीपछि गठन गरेको विज्ञको प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ । सो विवरणमा बचतकर्ताको करोडौँ रकम हिनामिना भएको देखिएको छ ।” सांसद न्यौपानले गरिबहरुले पेट काटेर पैसा बचत गरेका पैसा फिर्ता हुनुपर्नेमा माग गर्नुभयो ।

     

            सांसद मानवीर राईले सोलुखुम्बुको सोताङ गाउँपालिका वडा ३ निवासी तुलामान राई यही चैत ६ गते हुँगा नदीमा पुल बनाउने क्रममा ढुङ्गा किचेर मृत्यु भएको भन्दै निजको परिवारजनलाई क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     

    उहाँले गत फागुन २७ गते हराएका केशव राईको शव दुधकोशी नदीको किनारामा भेटिएको हुँदा मृत्युबारे अध्ययन गर्नेपर्ने र शान्ति सुरक्षालाई सरकारले विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो । सांसद राईका अनुसार लामो सयमदेखि सोताङ इलाका कार्यालयमा प्रशासकीय अधिकृत नहुँदा नागरिकता लिनेलगायतको काम हुन सकेकोभन्दै ध्यानकार्षण गराउनुभयो । 

     

    सांसद नारायणी शर्माले दाङको राजपुर गाउँपालिकामा तीन परिवार र गढवा गाउँपालिकाको मुलमान आचार्यको घर जलेर नष्ट भएको भन्दै क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।  उहाँले दुवै गाउँपालिकामा जनता घरमा जस्तापाताको छाना लगाउने आशामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

     

         सांसद प्रेम सुवालले नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको भन्दै सेवालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अमरबहादुर थापाले दैलेखमा पट्रोलियम पदार्थ उत्खननका सामग्री भन्सारमा रोकिँदा उत्खनन रोखिएबारे जानकारी गराउनुभयो । रासस

     

    प्रतिक्रिया दिनुहोस