Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

नेपालमा मल कारखाना खोल्न रुसी राजदूतसँग अर्थमन्त्री पुनको आग्रह


नया सडक

२०८०, चैत ७ बुधबार

  • 519
    Shares

  • नेपालमा मल कारखाना खोल्न रुसी राजदूतसँग अर्थमन्त्री पुनको आग्रह

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभले समसामयिक विषयमा दुई पक्षीय हितका विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बुधबार भएको मन्त्री पुन र राजदूत नोभिकोभबीचको भेटवार्तामा रुसी सेनामा नेपालीको सहभागिता, नेपालमा रुसले लगानी गर्न चाहेका विषयमा छलफल भयो । 

    images
    अर्थमन्त्री पुनको सचिवालयले सार्वजनिक गरेको  जानकारी अनुसार भेटवार्तामा आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका विषयमा पनि छलफल भएको थियो । अर्थमन्त्री पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका थिए । मन्त्री पुनले भेटका क्रममा रुसी राजदूतलाई नेपालले विद्युत्‌का लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेको छ ,जलविद्युत् क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो, भनेका थिए,। साथै उनले  सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको  र रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश भएकोले   मल कारखाना खोल्न इच्छुक भए  वातावरण बनाउन तयार भएको बताए ।

    प्रतिक्रिया दिनुहोस