Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

जनताको जीवनस्तर उकास्ने गरी बजेट बनाउनुपर्छः सांसद विश्वकर्मा


नया सडक

२०८०, चैत ७ बुधबार

  • 630
    Shares

  • जनताको जीवनस्तर उकास्ने गरी बजेट बनाउनुपर्छः सांसद विश्वकर्मा

     

    काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का छविराज विश्वकर्माले जनताको जीवनस्तर उकास्न प्रभावकारी योजनालाई अगाडि बढाउने गरी बजेट ल्याउनुपर्ने बताउनुभएको छ ।

     

    प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९करप्रस्ताव बाहेक० माथिको छलफलमा उहाँले जनताकेन्द्रित भएर बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो ।

     

    “नेपालमा आत्मनिर्भर हुने कृषि बालीको प्रयोग तथा पशुपालनतर्फ सरकारले ध्यान दिन सके मुलुकको आर्थिक उन्नति सम्भव छ”, सांसद विश्वकर्माले भन्नुभयो, “तराईमा कृषिका लागि धेरै सम्भावना भएपनि सिँचाइ अभावका कारण पर्याप्त उत्पादन लिन सकिएको छैन । त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

     

    सांसद विश्वकर्माले लुम्बिनी गुरुयोजनालाई पूर्णता दिएर पर्यटकलाई आकर्षण गर्ने, मुलुकमा पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार तयार गर्ने गरी बजेट ल्याउनुपर्नेमा सुझाव दिनुभयो । उहाँले सामुदायिक तथा प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने, स्वास्थ्य बीमालगायतका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

     

    काष्ठकला, मुर्तिकला, पत्थरको क्षेत्रमा काम गर्ने परम्परागत सीपलाई आधुनिकरण र वैज्ञानिकीकरण गर्नुपर्ने विषयमा पनि बजेटले ध्यान दिनुपर्ने सांसद विश्वकर्माले सुझाव दिनुभयो ।

     

    नेपाली कांग्रेसका सांसद उदयशमशेर जवरा राणाले सरकार, नीजि क्षेत्र र सर्वसाधरणले अर्थतन्त्रलाई चलायान बनाउन जरुरी रहेको बताउनुभयो । “अर्थतन्त्र चलायमान बनाउन ३० हजारभन्दा बढी सहकारीमा भइरहेको अनियमितताको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सहकारी संस्था सर्वसाधारणको आर्थिक करोबार हुने प्रमुख स्थान हो । यसलाई सुधार गर्न संसदबाटै छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्छ । यो क्षेत्रलाई सुधार गरे नागरिकको जीवन सहज हुँदै जानेछ ।”

     

    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का सांसद हितराज पाण्डेले उत्पादन तथा रोजगारी बढाउँदै आयोजना कार्यान्वय, नागरिकको जीवनस्तर सुधार्न आम्दानीका स्रोत पहिचान गरी ती क्षेत्रमा लगानी गर्नेगरि बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । आधुनिक प्रविधिलाई प्रयोगमा ल्याएर उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने, खेर जाने पानीलाई सदुपयोग गरी सिच्भाइको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव थियो ।

     

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बजेट बनाउँदा पूँजीमा मात्र नभएर वितरण गर्नुपर्ने कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले निर्यात गर्ने सामग्रीको अध्ययन गर्नुपर्ने, पर्यटकलाई आकर्षण गर्नुपर्ने, रोजगारी र उद्यमशीलता बढाउने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

     

    सांसद बिना लामाले देशको अर्थतन्त्रलाई माथि उकास्न मुलुकमा सम्भावित उद्योगहरुको पहिचान गरी ती उद्योग खोल्नुपर्ने र आर्थिक अवस्था सन्तुलन कायम गर्न प्रदेश संरचना हटाउनुपर्ने सुझाव राख्नुभयो ।

     

    सदनमा आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी छ ।रासस

    प्रतिक्रिया दिनुहोस