Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली


नया सडक

२०८०, चैत ७ बुधबार

  • 573
    Shares

  • गरिबीलाई शून्यमा झार्नु छ : अध्यक्ष ओली
    फाइल फोटो

     

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी रेखालाई घटाएर शून्यमा झार्नुपर्ने बताउनुभएको छ । 

     

    काठमाडौँ जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरकारले गरिबी शून्यमा झार्ने गरी काम गर्ने बताउनुभयो । उहाँले अहिले गरिबीको रेखामुनि १७ प्रतिशतबाट बढेर २०.२६ प्रतिशतमा पुगेको उल्लेख गर्दै त्यसलाई शून्यमा झार्नुपर्ने बताउनुभयो । 

     

    “हामीले सरकारमा रहँदा निरपेक्ष गरिबीको रेखालाई १७ प्रतिशतमा झारेका थियौँ । तर अहिले त्यो बढेर फेरि २०।२६ प्रतिशतमा पुगेको छ । त्यसलाई घटाउनु छ । शून्यमा झार्नु छ,” उहाँले भन्नुभयो । 

     

    अध्यक्ष ओलीले एमाले देश बनाउने सङ्कल्प बोकेर हिँडेको पार्टी भएको धारणा राख्नुभयो । उहाँले आगामी निर्वाचनमा काठमाडौँमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताउनुभयो । “पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झ¥यो । काठमाडौँका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ यो स्थितिलाई अनिवार्य बदल्नै पर्छ”, उहाँले भन्नुभयो, “एमालेलाई काठमाडौँमा यो अवस्था कुनै हालतमा स्वीकार्य छैन । एमालेले काम गरेर देखाएको हिसाबले पनि जुन परिमाण आएको छ । त्यो पीडादायी रहेको छ ।”

     

    उहाँले आगामी निर्वाचनमा काठमाडौँमा एमालेले ९० प्रतिशत मत ल्याउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले पार्टीका पक्षमा सामाजिक सञ्जालमार्फत बोल्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “पार्टीका पक्षमा बोल्नुप¥यो । विपक्षीले लगाएका झुठो आरोपको खण्डन गर्नुप¥यो । यो झुठो हो भनेर सामाजिक सञ्जालमा किन टिप्पणी लेख्दैनाँै”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले नेपाललाई समृद्ध र सुशासनयुक्त बनाउन खोजेको बताउनुभयो । रासस

     

    प्रतिक्रिया दिनुहोस