Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 438
    Shares

  • किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

    मुग्लिन ।  चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो ।  

    गाउँपालिका कृषि शाखा प्रमुख  आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत  अनुदानमा  मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ । गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकको उहाँले बताउनुभयो ।  गाउँपालिकाले सातैै वडामा ६० क्वीन्टल  मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

    इच्छाकामना गाउँपालिकाका किसानहरुको मुख्य खाद्य बाली मकै हो ।गाउँपालिका कृषि शाखाका अनुसार इच्छाकामनाको सात वटै वडामा  एक हजार पाँच सय भन्दा बढी हेक्टर  क्षेत्रफलमा मकै खेती हुने गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस