Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आजको मौसम : अझै दुई दिन पानी पर्ने


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 741
    Shares

  • आजको मौसम : अझै दुई दिन पानी पर्ने

     

    काठमाडौँ ।  पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

     

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर निरन्तर वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिनुभयो । उहाँले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताउनुभयो । “हिजो काठमाडौँमा  दिनभर नै वर्षा भएको छ, आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने देखिँदैन तर आजको जस्तो झरी हुँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।

     

    मौसमविद् अधिकारीले भोलि बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभयो । उहाँका अनुसार आज राति पनि देशका विभिन्न स्थानमा वर्षा हुनेछ भने तुलनात्मक रुपमा भोलि बिहीबार कम वर्षा हुनेछ ।

     

    महाशाखाको पछिल्लो विवरणमा हिजो काठमाडौँमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यस्तै सिमरा र ओखलढुङ्गामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा आठ दशमलव पाँच, धनकुटा र जनकपुरमा पनि समान पाँच मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ ।

     

    महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण अहिले  कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्सहित  छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

         

    हिजो राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा, गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित  छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।रासस

    प्रतिक्रिया दिनुहोस