Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिंहदरबारभित्र डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 426
    Shares

  • सिंहदरबारभित्र डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना

     

    काठमाडौँ ।दुग्ध विकास संस्थान (डिडिसी) ले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ ।  डिडिसीले स्थापना गरेको उक्त सहुलियत केन्द्रको आज मुख्यसचिव डा वैकुण्ठ अर्यालले शुभारम्भ गर्नुहुँदै डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने उल्लेख गर्नुभयो ।

     

    उहाँले दुग्धजन्य वस्तुको बिक्रीवितरण कमी भइरहेको समयमा सिंहदरबारभित्र स्थापना गरिएको बिक्री केन्द्रले बिक्रीवितरणमा थप सहयोग हुने बताउनुभयो । “डिडिसीले सिंहदरबारभित्र बिक्री केन्द्र खोलेरभन्दा पनि मुलुकभर बिक्री विस्तार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

     

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले पछिल्लो समय डिडिसीले दुग्धजन्य पदार्थ बिक्रीवितरणबाट नाफा कमाएको बताउनुभयो । “पछिल्लो समय दुग्धजन्य पदार्थमा आएको कमीलाई सिंहदरबार बिक्री केन्द्रले राहत पुग्ने विश्वास मन्त्रालयले लिएको छ”, उहाँले भन्नुभयो । 

     

    बिक्री केन्द्र स्थापना भएसँगै दुग्धजन्य पदार्थको बिक्रीवितरण बढ्ने लक्ष्यका साथ सिंहदरबारभित्र डिडिसीले बिक्री केन्द्र स्थापना गरेको डिडिसीका सूचना अधिकारी एवं निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबाभित्र हाल दुई हजार पाँच सयभन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ । रासस

     

    प्रतिक्रिया दिनुहोस