Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब २ अर्ब रुपैयाँ लगानी गर्ने


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 564
    Shares

  • नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब २ अर्ब रुपैयाँ लगानी गर्ने

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । 
    केन्द्रीय बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले २०८० चैत ८ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ । 
    राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्र्ब ५२ करोड ८९ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २८ करोड ६६ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ९ करोड ५५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस