काठमाडौँ । राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा सरकारले चारजनालाई नियुक्त गरेको छ ।बिहिबार बसेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई नियुक्त गरेको हो । ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा। शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका सदस्य बनेका छन् ।