Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार रोक्का


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 561
    Shares

  • मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरी स्पष्टीकरण पेस गर्न भनेको छ ।

    कम्पनीले चैत ७ गते साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा चैत ८ गते ११ः१७ बजे कारोबार समयमा प्राप्त भएकाले नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।  

    नेप्सेले शेयर कारोबार रोक्का गर्दै कम्पनीलाई ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस