Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज शिखर इन्सुरेन्स , जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको साधारण सभा


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 528
    Shares

  • आज शिखर इन्सुरेन्स , जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको साधारण सभा

    काठमाडौं ।  आज  शिखर इन्सुरेन्स, जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले वार्षिक साधारण सभा रहेको छ । 
    शिखर इन्सुरेन्सको वार्षिक साधारण सभा केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ । यसले लभांश प्रस्ताव बिना नै साधारण सभा डाकेको हो । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।


    जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । यसले लभांश प्रस्ताव बिना नै साधारण सभा डाकेको हो । लघुवित्तको सभाले किसान लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । यी दुई कम्पनी एक आपसमा १ बराबर ०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने लागेका हुन् । 


    किसान लघुवित्तको सभा ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । यसले लभांश प्रस्ताव बिना नै साधारण सभा डाकेको हो । लघुवित्तको सभाले जल्पा लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस