काठमाडौँ । आज नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेको छ ।आज २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ४ वटा समूहको सूचकमात्र बढेका छन् ।
आज ३०४ कम्पनीको ७० लाख ६१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ९० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । आजदोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट् र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।