Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी

  • काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।

    न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

    आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

    मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।

    यसअघि काठमाडौं विश्वविद्यालयले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरे पनि चिकित्सा शिक्षा आयोगले दिएको थिएन। मेडिकल शिक्षा अध्यापनका लागि सरकारले प्रारम्भिक अनुमति (एलओसी) दिएको थियो। जसपछि त्यसैअनुसार विभिन्न बैंकहरुबाट अर्बौँको ऋण लिएर उनले संरचना बनाइसकेका छन्। तर आयोगबाट अनुमति नपाएपछि उनी सर्वोच्च पुगेका थिए।

    २ जेठ २०७८ मा केयुले अनुमतिका लागि सिफारिस गरेको थियो। तर कलेजले अनुमति नपाएपछि २१ असार २०७७ मा प्रसाइँले विश्वविद्यालय, आयोगसमेतलाई विपक्षी बनाइ रिट दायर गराएका थिए।

    त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट जारी गरेको हो ।





    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij