Logo

May 15 2024 | २०८१, जेठ २गते

images

फागुन मसान्तसम्म ७ अर्ब बढीको ६२ हजार बढी मेट्रिक टन चामल आयात, बासमती चामल आयातको हिस्सा बढी


नया सडक

२०८०, चैत १२ सोमबार

  • 336
    Shares

  • फागुन मसान्तसम्म ७ अर्ब बढीको ६२ हजार बढी मेट्रिक टन चामल आयात, बासमती चामल आयातको हिस्सा बढी

    काठमाडौं । चालु आर्थिक वर्षको सुरुको आठ महिना फागुन मसान्तसम्म ६२ हजार मेट्रिक टन बढीको चामल आयात गरिएको छ ।६२ हजार मेट्रिक टन चामलको भन्सार मूल्यांकन  सवा ६ अर्ब रुपैयाँ बढीको गरिएको छ ।राजस्व आम्दानी गरी फागुन मसान्तसम्म ७ अर्ब बढीको चामल आयात भएको हो ।
    फागुन मसान्तसम्मको आठ महिनामा कुल ८ खर्ब ९७ अर्ब बढीको आयातमा चामल मात्रको आयात ७ प्रतिशत बढीको रहेको छ । 

    images

    भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बासमती चामलको आयात ३३ हजार मेट्रिक टन बढी भएको छ भने अन्य चामलको आयात २९ हजार मेट्रिक टन बढी भएको छ ।कुल ३३ हजार मेट्रिक टन बढीको बासमती चामल मध्ये ३३ हजार टन भारतबाट आयात भएको छ भने  २ टन चानचुन केजी बासमती चामलको आयात चीन, इन्डोनेसिया, इटली, जापान, थाइल्यान्डबाट आयात गरिएको हो ।

    यसै गरी अन्य चामलहरूको कुल २९ हजार मेट्रिक टन मध्ये भारतबाट साढे २८ हजार बढी मेट्रिक टन चामल आयात गरिएको छ । यो वर्गीकरणको ठुलो हिस्सामा अमेरिकाबाट ३सय ८० टन, भिएतनामबाट १ सय टन चीनबाट ७ टन र थाइल्यान्डबाट ८ टन गरी सानो परिमाणमा हङकङ,इन्डोनेसिया, नाम्बियाबाट चामल आयात भएको हो ।

    बासमती र अन्य वर्गीकरण बाहेक ब्राउन र ब्रोकन राइसको वर्गीकरणमा पनि चामल आयात भएका छन् । यसमा २० टन बढी ब्रोकन राइस भारतबाट आयात भएका छन् भने १ टन ब्राउन राइस थाइल्यान्डबाट आयात गरिएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस