Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू

  • सुन्दरहरैँचा (मोरङ) ।  एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ । पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरू भएको हो ।

    त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौँको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ । एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म एक सय २० किलोमिटर सडक चार लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    पश्चिम खण्डका क्षेत्रमा करिब छ हजार सात सय ३७ रूख कटान हुने तथा तीन वर्षभित्रमा सडक निर्माण गर्ने गरी सम्झौता भएको कम्पनीका प्रतिनिधि पराजुलीले जानकारी दिनुभयो । एसियाली विकास बैंकको रु २८ अर्ब १७ करोडको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व–पश्चिम राजमार्गको एक सय २० किमी क्षेत्र चार लेनको बन्ने भएको छ । जम्मा ७१ नयाँ पुलसहित राजमार्ग विस्तार हुने कम्पनीका प्रतिनिधि पराजुलीले बताउनुभयो ।(रासस) 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij