Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

जीवन बीमा कम्पनीहरूले गरे फागुन मसान्तसम्म करिब एक खर्ब रुपैयाको व्यवसाय


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 342
    Shares

  • जीवन बीमा कम्पनीहरूले गरे फागुन मसान्तसम्म करिब एक खर्ब रुपैयाको व्यवसाय

    काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले करिब १ खर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷०८१को फागुन मसान्तसम्मको आठ महिनाको सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो ।

    images

    फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरे ।सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय गरेको छ । यो कम्पनीले १२ लाख ९३ हजार २६० वटा बीमालेख बिक्री गरी २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुलक आर्जन ग¥यो ।यो कम्पनीको निकटतम प्रतिस्पर्धी कम्पनीहरूमा  लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ र हिमालयन लाइफ रहेका छन् ।

    लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले ६ लाख ८६ हजार ३९७ वटा बीमा लेख बिक्री गरेर ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ, नेशनल लाइफले १५ लाख ९५ हजार ४५२ वटा बीमा लेख बिक्री गरेर ११ अर्ब ५३ करोड १८ हजार रुपैयाँ, हिमालयन लाइफले ३ लाख ८८ हजार ८८७ वटा बीमा पोलिसी बिक्री गरेर ११ अर्ब १८ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    यसैगरी सूर्यज्योति लाइफले ९ लाख ५८ हजार ६८४ वटा बीमा लेख बिक्रीवापत ५ अर्ब ७० करोड ८२ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ७० हजार ३१८ वटा बीमालेख बिक्री गरेर ५ अर्ब २३ करोड ७ लाख रुपैयाँ संकलन गरेका छन् ।

    एसियन लाइफले ६ लाख ४६ हजार ५८० बीमालेख बिक्री गरेर ५ अर्ब १५ करोड ८७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८ लाख ९१ हजार ६३३ बीमालेख वापत ३ अर्ब ८० करोड ३७ लाख रुपैयाँ, सिटिजन लाइफले १२ लाख २७ हजार ८०३ बीमालेख बिक्रीवापत ३ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ, मेट लाइफले ८ लाख ५३ हजार ४४६ वटा बीमालेख बिक्री गरेर ३ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

    आइएमई लाइफले ४ लाख ४९ हजार ६७१ वटा बीमालेख बिक्री गरेर २ अर्ब ८२ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ लाख ६७ हजार ९६१ वटा बीमालेख बिक्री गरेवापत २ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३१ लाख ८७ हजार १०८ वटा बीमालेख बिक्र गरेर २ अर्ब ६३ करोड २१ लाख रुपैयाँ र सन नेपाल लाइफले ८ लाख ६२ हजार ८०२ बीमालेख बिक्रीवापत २ अर्ब ४७ करोड १० लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेका छन् ।

    यस्तै तीन वटा लघुबीमा कम्पनीले २७ हजार २४७ वटा बीमालेख बिक्री गरेवापत ५ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । ती मध्ये गार्डियन माइक्रोले ९ हजार ४१२ वटा बीमालेख बिक्री गरेर १ कोड ५९ लाख रुपैयाँ, क्रेष्ट माइक्रोले १६ हजार ४८ वटा बीमालेखवापत ३ करोड ६१ लाख रुपैयाँ र लिवर्टी माइक्रोले १ हजार ७८७ बीमालेख बिक्री गरेर ६९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्रतिवेदनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस